बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति बागमती प्रदेश

कुलमानलाई हटाउने निर्णयमा गृहमन्त्रीको असहमति,बर्खास्तीविरुद्ध घिसिङ अदालत जाने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ चैत, २०८१ मा प्रकाशित
कुलमानलाई हटाउने निर्णयमा गृहमन्त्रीको असहमति,बर्खास्तीविरुद्ध घिसिङ अदालत जाने
फाइल फोटो ।
काठमाडाैं, चैत ११ :

 नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ सरकारले गरेको बर्खास्तीको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो। स्रोतका अनुसार, मन्त्रिपरिषद्को आधिकारिक निर्णयपत्र प्राप्त गरेलगत्तै घिसिङ अदालत जाने तयारी गरिरहेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र कुलमानबीच पहिलेदेखि नै मतभेद रहेको बताइन्छ। मन्त्री खड्काले यसअघि तीनपटक घिसिङलाई लिखित स्पष्टीकरण मागेका थिए। घिसिङले आफूले कुनै गल्ती नगरेको स्पष्ट पार्दै औपचारिक रूपमा जवाफ दिएका थिए।

पछिल्लो पटक मन्त्रिपरिषद्मार्फत कुलमानसँग स्पष्टीकरण मागिएको थियो । त्यसपछि सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो। 

यसैबीच, मन्त्रिपरिषद् बैठकमा घिसिङलाई हटाउने निर्णयमा कांग्रेसका मन्त्रीहरू नै विभाजित भएका थिए ।गृहमन्त्री रमेश लेखकले कुनै पनि हालतमा घिसिङलाई हटाउन नहुने पक्षमा थिए । ऊर्जामन्त्री दीपक खड्काको हटाउनैपर्ने जिद्दीमा परराष्ट्रमन्त्री आरजु राणा साथ दिएकी थिइन् । कांग्रेसका बाँकी मन्त्रीहरू भने मौन रहेका थिए ।

 

यो पनि…
सरकारले प्राधिकरणबाट कुलमान घिसिङलाई हटायो
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार