बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

नेप्सेको सीईओमा लुइँटेल,संक्रमणकालीन न्याय आयोगमा मिश्र

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ चैत, २०८१ मा प्रकाशित
नेप्सेको सीईओमा लुइँटेल,संक्रमणकालीन न्याय आयोगमा मिश्र
काठमाडाैं, चैत ११ :

सरकारले नेपाल स्टक एक्सचेन्ज(नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारद कुमार लुइँटेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले लुइँटेललाई नियुक्क गरेको हो । 

उनी यसअघि तारागाँउ विकास समितिको सदस्य सचिवमा नियुक्त भइसकेका छन् । प्रेम बहादुर आले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा २०७८ फागुनमा उनलाई तारागाँउ विकास समितिको सदस्य सचिवमा नियुक्त गरेका थिए।

यस्तै उनी तारागाउँमा विकास समितिमा दुई कार्यकाल सदस्य सचिवको रुपमा बसिसकेका छन्।  सर्लाही घर भएका लुइँटेलले एमबीएसम्मको अध्ययन गरेका छन्।

यस्तै सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा संक्रमणकालीन न्यायसम्बन्धी दुईवटा आयोगमा पदाधिकारी सिफारिस गर्न यसअघि बनाएको समितिलाई नै निरन्तरता दिएको छ।

मिश्र नेतृत्वको समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, अधिकारकर्मी एवं पूर्वराजदूत डा. अर्जुनकुमार कार्की , अधिकारकर्मी स्टेला तामाङ थिए र एकजना राष्ट्रिय मानव अधिकार आयोगका सदस्य थिए।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार