बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

जनमत र नाउपा पार्टीबीच एकता हुने, अन्तिम रूप दिन कार्यदललाई जिम्मा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ चैत, २०८१ मा प्रकाशित
जनमत र नाउपा पार्टीबीच एकता हुने, अन्तिम रूप दिन कार्यदललाई जिम्मा
काठमाडौं, चैत १२ :

जनमत पार्टी  र  नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले एकता गर्ने निर्णय गरेका छन् । नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, पार्टी संरक्षक रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतलगायत नेताबीचको निरन्तरको छलफलले एकता गर्ने निधो भएको हो ।

अध्यक्ष श्रेष्ठले नाउपा र जनमत पार्टीबिच एकता गर्ने निर्णय भएपछि कार्यदल गठन गरिएको जानकारी दिइन् । अध्यक्ष श्रेष्ठका अनुसार नाउपाबाट कार्यदलमा गङ्गाराम चौधरी, सुनिता चौधरी, रामलाल डगौरा र जनमतबाट अब्दुल खाँण, सरदसिंह यादव, बालगोविन्द चौधरी रहेका छन् ।

कार्यदललाई १५ दिनभित्र छलफल गरेर पार्टी एकतालाई अन्तिम रूप दिन निर्देशन दिइएको छ । यद्यपि चुनाव चिह्न र पार्टीको नाम के राख्ने भन्ने विषयको टुंगो लाग्न भने बाँकी रहेको नेताहरुले बताएका छन् । पार्टीको नाम, नेतृत्व र चुनाव चिह्नबारे टुंगो लाग्न बाँकी रहे पनि एकता प्रक्रिया नरोकिने बताइएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार