बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति लुम्बिनी प्रदेश

लोकतन्त्र र संविधानको सुरक्षामा कांग्रेस दृढ छ : गृहमन्त्री लेखक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १४ चैत, २०८१ मा प्रकाशित
लोकतन्त्र र संविधानको सुरक्षामा कांग्रेस दृढ छ : गृहमन्त्री लेखक
रूपन्देही, चैत १४ :

गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन नसक्ने बताएका छन् । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं ३ को आयोजनमा बिहीबार रूपन्देहीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा लेखकले अगाडि बढिसकेको कुनै पनि समाज पछाडि नफर्कने बताए ।

लोकतन्त्र विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस भइरहेको बताउँदै लेखकले कांग्रेस लोकतन्त्र र संविधानको सुरक्षाका लागि दृढताका साथ अघि बढ्ने जानकारी दिए ।

‘लोकतन्त्रमा कमी कमजोरी छैनन् भन्ने होइन कमजोरीहरू छन् तर त्यसलाई सुधार्दै अघि बढ्ने हो । लोकतन्त्रमा कमजोरी देखियो भनेर निरङ्कुशता तर्फ जाने होइन,’लेखकले भने, ‘लोकतन्त्रमा सरकारले जनताको कुरा सुन्छ र भन्छ । कुनै निरङ्कुश व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौँ ।’

गृहमन्त्री लेखकले लोकतन्त्रका लागि कांग्रेसले ८ दशकसम्म गरेको सङ्घर्ष गरेको पनि स्मरण गराए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार