बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

कर्फ्यु भोलि बिहान सात बजेसम्म थपियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १५ चैत, २०८१ मा प्रकाशित
कर्फ्यु भोलि बिहान सात बजेसम्म थपियो
काठमाडाैं, चैत १५ :

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने आसपास जारी कर्फ्युको समय लम्ब्याएको छ। शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्युको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका छन्।

राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको तीनकुनेसहितका क्षेत्र तोकेर आज राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो। शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्मका पाँच स्थान तोकेर जारी गरिएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्मका लागि थप गरिएको हो।

कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेर सूचना दिएको थियो। तर, कर्फ्यु लागु भइसकेपछि पनि प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न स्थानमा तोडफोड र आगजनी गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार