काठमाडाैं, चैत १६ :


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार तीनकुनेमा भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने बताएको छ । 

अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार नै दोषी रहेको बताए । सरकार दमन गर्ने योजनाको साथ परिचालित भएका कारण नै हिंसात्मक घटना हुन पुगेको अध्यक्ष लिङ्‍देनको भनाइ थियो ।

यसैबीच राप्रपाले शुक्रबार तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनालाई सहिद घोषणा गर्न माग गरेको छ ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले यस्तो माग गरेको हो ।शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका फोटोपत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।