बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

प्रधानमन्त्रीको आह्वानमा गणतन्त्र पक्षधरको बैठक बस्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ चैत, २०८१ मा प्रकाशित
प्रधानमन्त्रीको आह्वानमा गणतन्त्र पक्षधरको बैठक बस्दै
फाइल तस्बिर।
काठमाडौं, चैत १७ :

प्रधानमन्त्री केपी ओलीले गणतन्त्र पक्षधरको बैठक आह्वान गरेका छन् ।  आज साँझ ७ बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । राजावादीहरुले गणतन्त्र मासेर पुनः राजतन्त्र फर्काउन आन्दोलन चर्काउन थालेपछि प्रधानमन्त्रीले यो बैठक डाकेका हुन् ।

राजावादीको प्रदर्शनपछि आफूलाई लोकतान्त्रिक गणतन्त्रवादी पार्टी भन्ने दलहरुले प्रतिगमनलाई परास्त गर्न सबै मिल्नुको विकल्प नभएको बताउँदै आएका छन् । बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलले गणतन्त्रको रक्षाका लागि एकजुट भइ अगाडि बढ्न प्रतिबद्ध हुने बुझिएको छ । शुक्रबारको प्रदर्शनमा राजावादीहरुले विध्वंश मच्चाएका थिए । निजी तथा सरकारी सम्पत्तिमा आगजनी गरी क्षति पुर्‍याएका थिए ।

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा सहभागी हुन र संसद बैठक खुलाउने विषयमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाललाई टेलिफोन गरेको  एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले जनकारी दिएका छन् । प्रधानमन्त्रीले भोलि १८ गतेको संसद् बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार