
फाइल तस्बिर।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बुधबार प्रदर्शनमा उत्रिएका शिक्षकहरूले शान्तिपूर्ण आन्दोलन गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।
‘तपाईहरूले आफ्नो आन्दोलन फोहोर नगरी, केही नभत्काई गरिदिनु भयो, धन्यवाद,’उनले भने, ‘हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेका हौं ।’
उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै सार्वजनिक सम्पत्ति पनि आफ्नै सम्पति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको उल्लेख गरेका छन् ।
उनले काठमाडौंमा शिक्षकको प्रदर्शनका क्रममा देखिएको दृश्यलाई यही नै हो शिक्षा भन्दै आफ्ना विद्यार्थीसमक्ष पनि लागू गर्न आग्रह गरेका छन्
‘हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ । तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठुलो जिम्मेवारी र भुमिका छ,’उनले लेखेका छन् ।
कृपया, आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिनुहोला । गाउँ गाउँमा सिहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस् ।
उनले विद्यार्थीको पढाइ नबिगारी कार्यक्रम गर्न पनि शिक्षकहरूलाई आग्रह गरेका छन् । गाउँ-गाउँमा सिंहदरबार भन्ने त नारा मात्र भयो । आशा छ एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपरोस् उनले भनेका छन् ।