बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति भिडियो

गृहमन्त्री लेखक भन्छन्- राजावादीको प्रदर्शन संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्यले भयो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ चैत, २०८१ मा प्रकाशित
गृहमन्त्री लेखक भन्छन्- राजावादीको प्रदर्शन संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्यले भयो
काठमाडौं, चैत २२ :

गृहमन्त्री रमेश लेखकले अराजकतामार्फत संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्यका साथ पूर्वराजाका समर्थकहरुले तीनकुनेमा हिंस्रक घटना गराएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शुक्रबार गृहमन्त्री लेखकले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएका घटनाको निष्पक्ष छानबिन हुने बताए । उनले आगामी दिनमा संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानुनको दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने र लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने वातावरण निर्माणमा सरकार थप क्रियाशील हुने प्रतिबद्धता पनि जनाए ।

‘शान्तिपूर्वक भेला हुन पाउने संविधानप्रदत्त अधिकारको अवमूल्यन हुनेगरी भएको तोडफोड, विध्वंश तथा आक्रमण कुनै राजनीतिक दर्शन, विचार र आदर्शबाट प्रेरित भएको थियो भनेर अनुमानसम्म गर्न सकिँदैन,’ उनले भने, ‘आगामी दिनमा यस प्रकारका गैरजिम्मेवार, अराजक र उद्दण्डतापूर्ण गतिविधि हुन नदिन सरकार प्रतिबद्ध छ । यस किसिमका अराजक गतिविधिमा संलग्न नहुन आम नागरिकहरूमा अनुरोधसमेत गर्दछु ।’

उनले यस्ता कार्य अक्षम्य र भर्त्सनायोग्य रहेको उल्लेख गर्दै यसको जिम्मा आयोजक र संलग्नहरूले लिनुपर्ने बताए । लोकतन्त्र मास्न खोज्नेहरूको पहिलो निशानामा सञ्चारजगत् रहन्छ भन्ने कुरा खोजीखोजी सञ्चारगृहमा भएको आक्रमणबाट समेत पुष्टि हुने बताउँदै उनले सरकारले सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा प्रबन्ध मिलाउने प्रतिबद्धता जनाए ।

कार्यक्रमस्थलबाट अगुवा भनिएका व्यक्तिहरूले नै भीडलाई उत्तेजित बनाउनेगरी सबै साथीहरू परपर बसेर हेर्ने होइन, अगाडि बढ्नोस्, संसद् भवनलाई इङ्गित गर्दै बानेश्वरतर्फ अगाडि बढ्नुहोस्‌जस्ता निर्देशन दिएपछि अनियन्त्रित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले मौखिक रूपमा पटकपटक सचेत गराएको लेखकको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य धवलशमशेर राणासहित आपराधिक कार्यमा संलग्न १४८ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिँदै मन्त्री लेखकले जसमध्ये ६६ जनामाथि जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान भइरहेको र अन्य ८९ जनालाई परिवार एवं आफन्तको जिम्मा लगाएर छाडिएको बताए ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार