बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

राप्रपाको भोलि हुने सभा बल्खुमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ चैत, २०८१ मा प्रकाशित
राप्रपाको भोलि हुने सभा बल्खुमा
काठमाडौं, चैत २५ :

राप्रपाले भोलि (मंगलबार) गर्ने भनिएको सभा बल्खुमा हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु वा सिफलमा सभा गर्न राप्रपालाई अनुमति दिएको थियो । त्यसअनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जनाए ।

उसो त राप्रपाले भृकुटीमण्डपमा सभा गर्ने भन्दै चैत २२ गते जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएको थियो । सुरक्षा समितिको निर्णय भन्दै प्रशासनले सिफल चौर वा बल्खुमा सभा गर्न भनेपछि राप्रपाले बल्खु रोजेको हो ।

राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकहरुको आन्दोलन पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले राप्रपाले माग गरे अनुसार भृकुटीमण्डपमा सभा गर्न दिन उपयुक्त नभएको जिल्ला सुरक्षा समितिको बैठकले निष्कर्ष निकालेको प्रशासकीय अधिकृत सुजन शुभ भ्लोनले राप्रपालाई दिएको पत्रमा छ ।

संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो । सभा सुरु हुनुअघि विभिन्न स्थानबाट जुलुस निकालिनेछ । ती जुलुस बल्खुमा पुगेर सभामा परिणत हुने राप्रपाले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार