झापा, चैत २७ :
झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आएका थिए । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
बुधबारदेखि देशको मौसममा बदली हुने सम्भावना, मंगलबारसम्म धानबाली भित्र्याइसक्न सुझाव
प्रचण्ड भन्छन्- एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्छ, तत्काल पार्टी एकता हुँदैन
मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा