बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#विक्रम मिश्री#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक #दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन#विराजभक्त श्रेष्ठ#नवीकरणीय ऊर्जा#रतीय विदेश सचिव#विक्रम मिश्री#परराष्ट्रमन्त्री शिशिर खनाल#समस्याग्रस्त सात सहकारी#थोरै बचत रकम फिर्ता#वार्षिक प्रगति समीक्षा#कागेश्वरी मनोहरा नगरपालिका#नेकपा एमालेका महासचिव#शंकर पोखरेल#मनोज केसी#आईजीपी नियुक्त#विद्यादेवी भण्डारी#मन्त्रिपरिषद्को बैठक
विदेश

गाजा युद्धविरामका लागि हमासको प्रतिनिधिमण्डल कायरो जाँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ३० चैत, २०८१ मा प्रकाशित
गाजा युद्धविरामका लागि हमासको प्रतिनिधिमण्डल कायरो जाँदै
फाइल फोटो ।
कायरो, चैत ३० :

 गाजामा जारी युद्ध अन्त्यका सम्भावनाबारे छलफल गर्न हमासको एक उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार इजिप्टको राजधानी कायरो प्रस्थान गर्ने भएको छ। हमासका एक वरिष्ठ अधिकारीका अनुसार यो प्रतिनिधिमण्डलले इजिप्टका मध्यस्थकर्तासँग वार्ता गर्नेछ।

‘हामी आशा गर्छौं कि यस बैठकले युद्ध अन्त्य, आक्रमण रोक्ने र गाजाबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता गर्ने दिशामा सकारात्मक प्रगति ल्याउनेछ,’ अधिकारीले नाम नखुलाउने सर्तमा जानकारी दिए। 

प्रतिनिधिमण्डलको नेतृत्व हमासका प्रमुख वार्ताकार खालिल अल–हैयाले गर्ने जनाइएको छ।

हालसम्म हमासले कुनै नयाँ औपचारिक युद्धविराम प्रस्ताव प्राप्त नगरेको भए पनि इजरायली सञ्चारमाध्यमहरूले इजरायल र इजिप्टबीच प्रस्ताव आदानप्रदान भएको दाबी गरेका छन्। यसबारेमा हमासले औपचारिक पुष्टि गरेको छैन।

अधिकारीका अनुसार हमास र इजिप्टका मध्यस्थकर्ताबीच नियमित सम्पर्क र छलफल जारी रहेको छ। यद्यपि, उनले इजरायलले गाजामा सैन्य आक्रमण अझै पनि जारी राखेको आरोप पनि लगाउनुभयो।

गाजामा मानविय संकट चुलिँदै गएको भन्दै अन्तर्राष्ट्रिय समुदायले युद्धविरामका लागि दबाब दिँदै आएको छ। वार्ताबाट के निष्कर्ष निस्किन्छ भन्नेबारे अझै अनिश्चितता कायम छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार