कोभिड–१९ सङ्कटको समयमा गरिएका गल्तीहरू नदोहोर्याई भविष्यका महामारीहरूलाई सम्बोधन गर्ने उद्देश्यले एतिहासिक सम्झौतामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सदस्य मुलुकहरू सहमत भएका छन् ।
सङ्गठनको मुख्यालयमा तीन वर्षदेखि चलिरहेको वार्ता प्रतिनिधिहरूले बुधवार सम्झौता प्रमाणित गरेसँगै समाप्त भएको छ । यो सुरक्षित संसारतर्फको साझा यात्राको महत्वपूर्ण कोसेढुङ्गा हो, डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले बताए।
कोभिड–१९ ले लाखौं मानिसहरूको ज्यान लिनुका साथै अर्थतन्त्रलाई ध्वस्त पारेको पाँच वर्षपछि, एच–५एन–१, बर्ड फ्लूदेखि एमपोक्स र इबोलासम्मका नयाँ स्वास्थ्य खतरा लगाएतका विषयहरू वार्तामा समावेश थिए ।
सम्झौताको मूल उद्देश्य औषधि कम्पनीहरूसँग रोगको द्रुत साझेदारीलाई अनुमति दिने महामारीसँग लड्न सक्षम पार्नु हो । सम्झौताको मस्यौदामा विश्वका देशहरूले भविष्यको महामारीको खतरा रोक्न र सुरक्षा गर्न आफ्नो साझा प्रतिबद्धता गरेका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
बालबालिका, गर्भवती र सुत्केरी महिलालाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
आन्ध्र प्रदेशमा चक्रवात‘अर्नब’को बबन्डर : तीन जनाको मृत्यु, ५७ हजार विस्थापित
रुस र युक्रेनबीच युद्धविराम सुरु, अमेरिका र युक्रेनद्वारा पुष्टि