काठमाडौं, वैशाख १७ :

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बुधबार रातिदेखि लागु हुने गरी प्रतिलिटर पेट्रोलमा २, डिजेल र मट्टितेलमा १, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलो लिटर २९ अमेरिकी डलरका दरले घटाइएको हो ।

हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार खाना पकाउने ग्यास (एलपीजी) को खुद्रा बिक्री मूल्य भने यथावत् छ ।

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियमको नयाँ खरिद मूल्य घटेर आएको थियो । जसअनुसार प्रतिलिटर पेट्रोलमा २.१६, डिजेलमा १.३०, हवाई इन्धनमा ४.३३ र प्रतिसिलिन्डर एलपी ग्यासमा १५.७० रुपैयाँ घटेर आएको निगमले उल्लेख गरेको छ ।