काठमाण्डौं, वैशाख २१ :

यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय  टेनिस प्रतियोगिता २०८२ आजदेखि सुरु भएको छ ।

सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा सञ्चालन हुने प्रतियोगिताको बलाधिकृत रथी निर्मलकुमार थापाले निर्णायकलाई बल हस्तान्तरण गरी शुभारम्भ गर्नुभयो ।

सैनिक तालिम महानिर्र्देशनालयद्वारा सञ्चालित प्रतियोगितामा १५ महिलासहित एक सय ९६  खेलाडीले विभिन्न १४ समूहमा प्रतिस्पर्धा गर्ने छन्  । यही वैशाख  २८ गतेसम्म चल्ने तेस्रो संस्करणको उक्त प्रतियोगितामा विभिन्न नौवटा क्लबका खेलाडीको सहभागिता छ ।

खेलाडीको दक्षता,सीप र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येयसाथ  प्रतियोगिता हुँदै आएको छ ।