शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

अख्तियार प्रमुख राईको गुनासो : सरकारले सहयोग नगर्दा विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सकिएन

राईले सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पत्ति फिर्ता गर्न ती देशहरूले सहमति जनाए पनि नेपाल सरकार गम्भीर नदेखिएको बताए।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ वैशाख, २०८२ मा प्रकाशित
अख्तियार प्रमुख राईको गुनासो : सरकारले सहयोग नगर्दा विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सकिएन
फाइल तस्बिर।
काठमाडौं, वैशाख २४ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरिएको सम्पत्ति विदेशबाट फिर्ता ल्याउन सरकारले सहयोग नगरेको आरोप लगाएका छन्।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बुधबारको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पत्ति फिर्ता गर्न ती देशहरूले सहमति जनाए पनि नेपाल सरकार गम्भीर नदेखिएको बताए।

‘सिंगापुरले मनी ट्रान्सफर गर्न सहमति जनाएको थियो, तर सरकारले कुनै पहल गरेन,’ राईले भने, "कार्यदल बने पनि काम अघि बढेको छैन।’ 

राईले गैरआवासीय नेपालीहरूमार्फत पनि उल्लेख्य मात्रामा भ्रष्टाचार भइसकेको भन्दै यसले अन्तर्राष्ट्रिय स्वरूप लिएको उल्लेख गरे। साथै, सांसदहरूलाई यसमा सक्रिय सहयोग गर्न आग्रह गरे।

उनले अनुसन्धानमा राजनीतिक दबाब नआएको दाबी गर्दै सूचना प्रविधिमा हुने अनियमितता नियन्त्रणमा कायापलट आएको बताए।

तर, ठूला भ्रष्टाचारमा संलग्नहरूविरुद्ध कारबाही गर्न कर्मचारीहरू स्वयंले जानकारी दिन नचाहेकाले समस्या हुने गरेको उनको भनाइ थियो। ‘बलिको बोको त कर्मचारी मात्रै भयो,’ राईले भने, ‘उपल्लो तहका व्यक्तिलाई कारबाही गर्न प्रमाणसहित बयान चाहिन्छ, तर उनीहरूले नाम लिनै चाहँदैनन्।’

राईले अख्तियारले ठूला गिरोहहरूमा अनुसन्धान गरिरहेको बताउँदै भ्रष्टाचारविरुद्ध सबै तहबाट साथ र सहयोग आवश्यक रहेको धारणा राखे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार