जनकपुर, वैशाख २५ :

सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा धनुषा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।  अनलाइनको दुरुपयोग गरेर उनीहरूले दुई करोड ६३ लाख ९ हजार तीन सय १२ रुपैयाँ ठगी गरेको प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।

पक्राउ परेकाहरूको साथबाट १० वटा मोबाइल समेत फेला परेको छ । ती मोबाइलबाट विभिन्न बैंक तथा वित्तीय संस्था तथा वालेट आईडीसमेत गरी १ सय ८७ वटा खाता खोलेको प्रहरी अनुसनधानमा देखिएको छ । उनीहरूमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।