शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
राजनीति

शिवसेना नेपालका अध्यक्ष अनिल बाबा पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २८ वैशाख, २०८२ मा प्रकाशित
शिवसेना नेपालका अध्यक्ष अनिल बाबा पक्राउ
फाइल तस्बिर।
काठमाडौं, वैशाख २८ :

 

हिन्दू राष्ट्र पुन:स्थापनाको पक्षमा सक्रिय शिवसेना नेपालका अध्यक्ष अनिल बाबा भनिने अनिल बस्नेत आइतबार पक्राउ परेका छन्। काठमाडौं उपत्यकाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

यसअघि पनि उनलाई राष्ट्रपतिको विरोधमा प्रदर्शनको तयारी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी धर्मनिरपेक्षताको विरोधमा आन्दोलन गर्दै आएका थिए।

अनिल बाबा पछिल्लो समय सामाजिक सञ्जाल र विभिन्न सार्वजनिक कार्यक्रममा धर्म र राष्ट्रियतासम्बन्धी विषयमा सक्रिय देखिएका थिए। उनले नेतृत्व गरेको शिवसेना नेपालले नेपाललाई फेरि हिन्दू राष्ट्र घोषणाको माग गर्दै विभिन्न प्रदर्शन र कार्यक्रम गर्दै आएको छ।

शिवसेनाका कार्यकर्ताहरूले उनको पक्राउलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भनेका छन्।  उनलाई बिना ठोस कारण पक्राउ गरिएको दाबी गरिएको छ।

अनिल बाबाको गिरफ्तारीपछि उनका समर्थकहरूले विरोध जनाउँदै तत्काल रिहाइको माग गरेका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार