काठमाडौँ, भदौ १८ :

त्रिभुवन विश्वविद्यालयले ११ वटा आङ्गिक क्याम्पसहरूका लागि क्याम्पस प्रमुख माग गरेको छ।

सोमबार सूचना जारी गर्दै त्रिविले ११ क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको हो।

त्रिविले सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, जनकपुरको रामस्वरूप रामसागर क्याम्पस, बुटवलको बुटवल बहुमुखी क्याम्पस, पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस, डोटी बहुमुखी क्याम्पस, ललितपुरको पाटन संयुक्त क्याम्पस, काठमाडौंकै विश्वभाषा क्याम्पस, सुर्खेतको सुर्खेत क्याम्पस र जुम्लाको जुम्ला क्याम्पसका लागि प्रमुख माग गरेको हो।