झापा, जेठ ३ :

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकीको निधन भएको छ। दमक–५ निवासी बुढाथोकीको आज बिहान आफ्नै निवासमा ७२ वर्षका उमेरमा निधन भएको हो।

उनी केही समययता मुटु र मिर्गौला रोगबाट पीडित थिए। झापाको दमक नगरपालिकाका पूर्व नगर प्रमुख बुढाथोकी  विसं २०४९ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए।

पछिल्लो समय एमाले छाडेर उनी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी सदस्यको जिम्मेवारीमा थिए। उनको आजै अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ।