शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
राजनीति

रवि लामिछानेको रिट आज पनि हेर्न मिलेन, भोलि सुनुवाइ हुने

रवि लामिछाने · सोमबार, ५ जेठ, २०८२ मा प्रकाशित
रवि लामिछानेको रिट आज पनि हेर्न मिलेन, भोलि सुनुवाइ हुने
काठमाडौं, जेठ ५ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट अन्ततः हेर्न मिल्ने इजलासमा पुगेको छ।

यसअघि पटक–पटक सुनुवाइका लागि पेसी तोकिँदै पनि ‘हेर्न नमिल्ने’ भएपछि रिट अघि बढ्न सकेको थिएन। आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासमा पाँचौंपटक हेर्न नमिल्ने भएपछि सो इजलासले अब हेर्न मिल्ने इजलासमा पेसी तोक्न आदेश दिएको थियो।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार अब मंगलबार उक्त रिटमा सुनुवाइ हुनेछ।

लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै तीनवटा रिट दायर गरेका थिए। वैशाख ७ गते लामिछानेको तर्फबाट श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

यसअघि एनआरएन विवादसम्बन्धी रिट पनि पटक–पटक ‘हेर्न नमिल्ने’ भएपछि सर्वोच्चले सोही शैलीमा हेर्न मिल्ने इजलास तोक्न आदेश दिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार