शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
राजनीति

समिति बैठकमा सभापतिमाथि माओवादी सांसदले किन माइक प्रहार गरिन् ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ जेठ, २०८२ मा प्रकाशित
समिति बैठकमा सभापतिमाथि माओवादी सांसदले किन माइक प्रहार गरिन् ?
काठमाडौं, जेठ ७ :

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले समितिका सभापति किरणकुमार साहमाथि माइक र नेमप्लेट प्रहार गरेकी छन्।

बठैक आज (बुधबार) बिहान ७:३० बजेका लागि तय गरिएको थियो। सभापति साहका अनुसार सांसद कुसारी ढिलो पुगेकी थिइन् र अनुमति नलिई बोल्न खोजेपछि विवाद भएको हो। विवादको क्रममा उनले माइक र नेमप्लेट फालेकी थिइन् ।

सांसद कुसारीले आफैंले माइक प्रहार गरेको स्वीकार गर्दै, सभापतिको व्यवहारप्रति असन्तुष्टि जनाइन्। उनले सभापति साहमाथि अनुगमन प्रक्रियामा अनियमितता र पदको दुरुपयोग गरेको आरोप पनि लगाइन्।

कुसारीले भनिन्, ‘अब या त म समितिमा बस्दिनँ, या सभापतिलाई हटाइनुपर्छ।’ उनले बिहानै बैठक राखेर महिला सांसदलाई अप्ठेरो बनाइएको समेत गुनासो गरिन्। सभापति साहले उक्त घटनाबारे छानबिन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार