शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
राजनीति गण्डकी प्रदेश

दाहालको दाबी- पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ९ जेठ, २०८२ मा प्रकाशित
दाहालको दाबी- पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ
बागलुङ, जेठ ९ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बागलुङको ताराखोला पालिकाको सहिद मार्ग स्तरोन्नतिका निम्ति बजेट विनियोजन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउने आश्वासन दिएका छन् । साथै उनले पूर्वाधार विकासलाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको दाबीसमेत गरे ।

ताराखोला गाउँपालिकाद्वारा शुक्रबार आयोजित कार्यक्रममा दाहालले ताराखोलालाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकको विस्तार र कालोपत्र गर्न सरकारसँग रकम माग्ने बताए ।

‘सहिद मार्गलाई बजेटमा समेट्न यसअघि पनि पहल गरिएको हो, तर त्यसले सार्थकता पाउन सकेन,’ उनले भने, ‘यसपालि विशेष प्रयत्न गर्छौं । स्थानीय उत्पादनको बजारीकरण र पर्यटनका दृष्टिले पनि यो सडक महत्त्वपूर्ण छ ।’

भौगोलिक कठिनाइ र सीमित स्रोतसाधन हुँदा  पनि विकासनिर्माण र सेवा प्रवाहमा ताराखोला गाउँपालिकाले उदाहरणीय काम गरेको उनले बताए ।

स्थानीय तहलाई पक्की सडकमार्फत प्रदेश राजधानीसँग जोड्ने सरकारको लक्ष्यअनुरूप २० किलोमिटर लामो उक्त सडक चार वर्षअघि नै कालोपत्र गरिने सडकका रूपमा छनोट गरिएको थियो ।

माओवादीले सुरु गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानले माओवादी केन्द्रको जनतासँगको सम्बन्धलाई सुदृढ  बनाएको अध्यक्ष दाहालले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार