
कास्की, जेठ १० :
‘जनतासँग माओवादी-मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत कास्कीमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कास्की जिल्लाका पाँच वामपन्थी समाजवादी दलले संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।
उक्त ज्ञापनपत्र बुझाउनेमा नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी (नेसपा) लगायत अन्य समाजवादी धारका दुई दलसमेत सहभागी थिए ।
उनीहरुले कास्की जिल्ला र मध्यपहाडी (पुष्पलाल) लोकमार्गसँग सम्बन्धित समस्या, अवसर र सुझाव समेटेर ज्ञापनपत्र बुझाएको दाहालको सचिवालयले जनाएको छ ।