काठमाडौं, असार ४ :

साताको चौथो कारोबार दिन आज (बुधबार) नेप्से १.०७ अंकले घटेको छ । योसँगै नेप्से २,६५३.६८ अंकमा झरेको छ । हिजो (मंगलबार) नेप्से ३.९० अंकले घटेको थियो ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ०.०१ अंकले बढेर ४५२.४९ अंकमा चढेको छ ।

नेप्सेमा आज ३१४ कम्पनीको ७८ हजार १३ पटकको कारोबारमा दुई करोड ३४ लाख ४६ हजार ९४९ कित्ता सेयर किनबेच भए । जसअनुसार कुल कारोबार रकम नौ अर्ब आठ करोड ५८ लाख ८६ हजार ८७७ रुपैयाँ पुग्यो ।

नेप्सेमा बुधबार १३ समूहको सेयर कारोबार भएकामा पाँचवटाको सूचक बढ्दा बाँकी सबै घटे । नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा पियोर इनर्जी लिमिटेड परेको छ । यसका लगानीकर्ताले आज १० प्रतिशतले आम्दानी गरे ।  बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । कर्पोरेटका लगानीकर्ताको सेयर मूल्य आज १० प्रतिशतले गुम्यो ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने सानिमा माई हाइड्रोपावर लिमिटेड परेको छ । सानिमा माईको अन्तिम कारोबार मूल्य ६४९ रुपैयाँ कायम रह्यो । आइतबार, सोमबार र मंगलबार पनि सानिमा माईले सबैभन्दा बढी रकम कारोबार गरेको थियो ।