
साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजार राताम्मे बनेको छ । बिहीबार २४.७६ अंकले घटेको नेप्से २,६२८.९१ अंकमा झरेको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.०१ अंकले घटेर ४४९.४८ अंकमा रोकिएको छ ।
नेप्सेमा बिहीबार ३१४ कम्पनीको एक लाख २१ हजार ५५१ पटकको कारोबारमा दुई करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर किनबेच भयो । जसअनुसार कुल कारोबार रकम ११ अर्ब २३ करोड १४ लाख ८९ हजार ९६४ रुपैयाँ पुग्यो ।
नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सबै समूहका सूचक राताम्मे बनेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी परेको छ । बढी गुमाउने कम्पनीमा पियोर इनर्जी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड क्रमश: पहिलो र दोस्रो स्थानमा रहे । पियोर इनर्जी र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले बिहीबार १० प्रतिशतले सेयर मूल्य गुमाए ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने ङादी ग्रुप पावर लिमिटेड परेको छ । ङादीको अन्तिम कारोबार मूल्य ४१३ रुपैयाँ कायम रह्यो ।