सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
अर्थतन्त्र सेयर बजार

२४.७६ अंकले घटेको सेयर बजारमा ११ अर्बको कारोबार

पियोर इनर्जी र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले बिहीबार १० प्रतिशतले सेयर मूल्य गुमाए ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ५ असार, २०८२ मा प्रकाशित
२४.७६ अंकले घटेको सेयर बजारमा ११ अर्बको कारोबार
काठमाडौं, असार ५ :

साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजार राताम्मे बनेको छ । बिहीबार २४.७६ अंकले घटेको नेप्से २,६२८.९१ अंकमा झरेको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.०१ अंकले घटेर ४४९.४८ अंकमा रोकिएको छ ।

नेप्सेमा बिहीबार ३१४ कम्पनीको एक लाख २१ हजार ५५१ पटकको कारोबारमा दुई करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर किनबेच भयो । जसअनुसार कुल कारोबार रकम ११ अर्ब २३ करोड १४ लाख ८९ हजार ९६४ रुपैयाँ पुग्यो ।

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सबै समूहका सूचक राताम्मे बनेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी परेको छ । बढी गुमाउने कम्पनीमा पियोर इनर्जी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड क्रमश: पहिलो र दोस्रो स्थानमा रहे । पियोर इनर्जी र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले बिहीबार १० प्रतिशतले सेयर मूल्य गुमाए ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा भने ङादी ग्रुप पावर लिमिटेड परेको छ । ङादीको अन्तिम कारोबार मूल्य ४१३ रुपैयाँ कायम रह्यो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार