शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

सर्वोच्चका तीन प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी, सुनुवाइ शुक्रबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १२ असार, २०८२ मा प्रकाशित
सर्वोच्चका तीन प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी, सुनुवाइ शुक्रबार
काठमाडौं, असार १२ :

सर्वोच्च अदालतका लागि सिफारिस गरिएका तीन जना न्यायाधीशविरुद्ध ७ वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिमा दर्ता भएका ती उजुरीमध्ये ५ वटा व्यक्तिगत रूपमा केन्द्रित छन् भने २ वटा उजुरी सुनुवाइ प्रक्रियासँग सम्बन्धित छन् ।

समितिका सभापति ईश्वरी देवी न्यौपानेले उजुरीहरूको जानकारी दिँदै उजुरीकर्ताहरूलाई यही शुक्रबार समिति बैठकमा आमन्त्रण गरिएको बताइन्। यद्यपि, उजुरीहरू कुन विषयमा परेका हुन् भन्ने विवरण भने सार्वजनिक गरिएको छैन। केही दिनअघि न्यायपरिषदले सर्वोच्चका लागि तीन जना न्यायाधीश सिफारिस गरेको थियो।

सिफारिसमा परेका न्यायाधीशहरूमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा रहेका छन्। 

उनीहरूको संसदीय सुनुवाइपछि मात्र सर्वोच्च अदालतमा नियुक्तिको टुंगो लाग्नेछ। संविधानअनुसार सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ अनिवार्य मानिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार