
साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ९.१९ अंकले बढेको छ । योसँगै नेप्से २,६३१.४८ अंकमा पुगेको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.९५ अंकले बढेर ४५०.५६ अंकमा चढेको छ ।
नेप्सेमा आज ३१८ वटा कम्पनीको ६३ हजार ३७१ पटकको कारोबारमा एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता सेयर किनबेच भए । जसकारण कुल कारोबार रकम ६ अर्ब ३८ करोड ७२ लाख सात हजार १५ रुपैयाँ पुग्यो । सोमबार १४५ वटा कम्पनीको सेयरको मूल्य बढ्दा १०३ वटाको घट्यो ।
साथै नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा फाइनान्स, होटेल तथा पर्यटन, जलविद्युत् र अन्य समूहको सूचक घट्यो भने बाँकी सबै समूहका सूचक हरियाली बने ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा साहस ऊर्जा लिमिटेड परेको छ । सहासको अन्तिम कारोबार मूल्य ५९० रुपैयाँ कायम रह्यो । साताको पहिलो कारोबार दिन हिजो (आइतबार) पनि नेप्सेमा सबैभन्दा बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा साहस ऊर्जा लिमिटेड नै परेको थियो ।