शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार अर्थतन्त्र कर्पोरेट

मौद्रिक नीतिबाट निजी क्षेत्र आशावादी, अटोमोबाइल व्यवसायी असन्तुष्ट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० असार, २०८२ मा प्रकाशित
मौद्रिक नीतिबाट निजी क्षेत्र आशावादी, अटोमोबाइल व्यवसायी असन्तुष्ट
काठमाडौं, असार ३० :

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीति प्रतिप्रतिक्रिया दिँदै निजी क्षेत्रका प्रमुख संघसंस्थाहरूले नीति सकारात्मक रहेको बताएका छन्।

नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल समुद्रपार निकासी पैठारी संघ जस्ता संस्थाहरूले यस नीतिले आर्थिक गतिविधि बढाउने, साना तथा मझौला उद्योगलाई राहत दिने, कर्जाको पहुँच सहज बनाउने र वित्तीय प्रणालीलाई स्थायीत्वतर्फ लैजाने अपेक्षा गरेका छन्।

उनीहरूले चालु पुँजी कर्जा मार्गदर्शनमा लचिलोपन ल्याउने, ग्राहकको क्रेडिट स्कोरको आधारमा कर्जा प्रवाह, साना उद्यमका लागि कर्जा सहुलियत, ब्याजदर घटाउने तथा कर्जाको वर्गीकरण पुनरावलोकन गर्ने व्यवस्था सकारात्मक रहेको जनाएका छन्। चेम्बरले साना उद्यमलाई ३ करोडसम्मको कर्जा सहुलियत, वैदेशिक रोजगारमा जाने युवालाई विना धितो कर्जा, सेयर धितो कर्जाको सीमा वृद्धि, र सटही सुविधा विस्तारलाई स्वागत गरेको छ।

तर, अटोमोबाइल व्यवसायीहरूको संस्था नाडा ले भने नीति आफ्नो क्षेत्रका लागि निराशाजनक रहेको बताएको छ। नाडाका अनुसार मौद्रिक नीतिमा अटोमोबाइल क्षेत्रका सुझावहरूलाई बेवास्ता गरिएको, आयात सहजीकरण नभएको, नीतिगत प्राथमिकता नदिइएको र सुधारको रोडम्याप नल्याइएको उल्लेख छ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार