मंगलबार, २० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक #पुष्पा भुसाल#महिला उपसभापति#न्यायाधीश सिफारिस#सर्वोच्च अदालत#विजयादशमी#टीकाको उत्तम साइत#१० बजेर २६ मिनेटमा#कांग्रेस सभापति#तीन जनाको उम्मेदवारी#किसानलाई परिचयपत्र#स्वीप अप्रेसन#दुर्गा प्रसाईं#धरौटीमा रिहा#भौतिकशास्त्रको नोबेल पुरस्कार#फ्रान्सिस हालजेन#मनोनयन दर्ता#विश्व बैंक
समाचार प्रदेश लुम्बिनी प्रदेश

जंगली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु, आमासहित एक छोरी सिकिस्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ७ साउन, २०८२ मा प्रकाशित
जंगली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु, आमासहित एक छोरी सिकिस्त
रुकुमपूर्व, साउन ७ :

रूकुमपूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जंगली च्याउको तरकारी खाँदा दुई बालबालिकाको मृत्यु भएको छ भने आमासहित अर्की छोरी सिकिस्त बिरामी भएका छन्।

३५ वर्षीया राजकुमारी विकले साउन २ गते राति जंगलबाट ल्याएको च्याउको तरकारी पकाएकी थिइन्। उक्त खाना खाँदा ३ वर्षीय छोरा योजन विक र ७ वर्षीया छोरी भाग्यरेखा विकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर अवस्थामा रहेकी राजकुमारीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा र ९ वर्षीया छोरी आयुषा विकको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ। प्रहरीका अनुसार साउन २ गते बिरामी परे पनि उनीहरूलाई ५ गते मात्र अस्पताल लगिएको थियो। उपचारमा ढिलाइ हुँदा बालबालिकाको ज्यान गएको जनाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार