शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
राजनीति

अख्तियार प्रमुख राईविरुद्ध अख्तियारमै उजुरी

तीन ठुला भ्रष्टाचार प्रकरणमा अनुसन्धानको माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ११ साउन, २०८२ मा प्रकाशित
अख्तियार प्रमुख राईविरुद्ध अख्तियारमै उजुरी
काठमाडौं, साउन ११ :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध तीन विवादास्पद भ्रष्टाचार प्रकरणमा अनुसन्धानको माग गर्दै आयोगमै औपचारिक उजुरी दर्ता गरिएको छ। सिन्धुली कमलामाई निवासी युवराज पौडेलले आइतबार आयोगको केन्द्रीय कार्यालयमा उजुरी दर्ता गरेका हुन्।

उजुरीमा वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद भ्रष्टाचार, र नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी आरोपहरू समेटिएको छ। पौडेलले राईमाथि तत्काल अनुसन्धान गरी पुरक अभियोगपत्रमार्फत मुद्दा दायर गर्न र हदैसम्मको कारबाही गर्न माग गरेका छन्।

विशेष अदालतले हालै वाइडबडी विमान खरिद प्रकरणमा निर्णय सुनाउँदै प्रारम्भिक निर्णयकर्ता व्यक्तिहरूमाथि अनुसन्धान नगरी चयनात्मक अभियोजन गरिएको भन्ने न्यायिक टिप्पणी गरेको थियो। सो क्रममा राईको नामसमेत पुनः चर्चामा आएको हो।

नेपाल आयल निगमको जग्गा खरिदमा पनि आपूर्ति मन्त्रालयका तत्कालीन सचिव तथा निगमको सञ्चालक समिति अध्यक्षको हैसियतमा राईको संलग्नता रहेको पौडेलको दाबी छ। कार्यकारी निर्देशक गोपाल खड्कामाथि मात्र कारबाही गरेर राईलाई उन्मुक्ति दिएको भन्दै उनले फाइल पुनः खोतल्न माग गरेका छन्।

पौडेलले आफ्नो उजुरीमार्फत अख्तियार प्रमुखजस्तो संवैधानिक पदमा रहेका व्यक्तिमाथि निष्पक्ष छानबिनको माग गर्दै, सबै नागरिक कानुनको दृष्टिमा समान हुनुपर्ने आधारमा अनुसन्धानको माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार