सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
अर्थतन्त्र सेयर बजार

६४ अंकले घटेको सेयरबजार राताम्मे बन्यो, साढे १३ अर्बको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १८ साउन, २०८२ मा प्रकाशित
६४ अंकले घटेको सेयरबजार राताम्मे बन्यो, साढे १३ अर्बको कारोबार
काठमाडौं, साउन १८ :

साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्सेमा पहिरो गएको छ । ६३.७३ अंकले घटेको नेप्से २८५८.९० विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १०.३७ अंकले घट्दै ४९०.७५ अंकमा झरेको छ ।

नेप्सेमा आज ३१९ वटा कम्पनीको एक लाख ५२ हजार ५१८ पटकको कारोबारमा तीन करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर किनबेच भए । जसअनुसार आज १३ अर्ब सात करोड ५० लाख चार हजार ९२० रुपैयाँबराबरको कारोबार भएको छ ।

राताम्मे बनेको सेयरबजारमा आज २३३ कम्पनीका सेयर मूल्य घटे । आइतबार जम्मा १६ वटा कम्पनीको मात्र सेयर मूल्य बढ्यो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सबै समूह राताम्मे बने ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा ट्रेड टावर लिमिटेड परेको छ । यसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ११४८ रुपैयाँ कायम रह्यो ।

यसैगरी बढी गुमाउने कम्पनीको पहिलो सूचीमा सान्भी इनर्जी लिमिटेड परेको छ । यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता ८०२.४० रुपैयाँ कायम रह्यो ।

नेप्सेमा आज नेपाल रिइन्स्योरेन्स लिमिटेडको कारोबार सर्वाधिक भएको छ । नेपाल रिइन्स्योरेन्सको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १५१५ रुपैयाँ रह्यो । यसको ७५ करोड ३९ लाख ६४ हजार ८६५ रुपैयाँको सेयर कारोबार भएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार