काठमाडौं, साउन १८ :

साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्सेमा पहिरो गएको छ । ६३.७३ अंकले घटेको नेप्से २८५८.९० विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १०.३७ अंकले घट्दै ४९०.७५ अंकमा झरेको छ ।

नेप्सेमा आज ३१९ वटा कम्पनीको एक लाख ५२ हजार ५१८ पटकको कारोबारमा तीन करोड २२ लाख ६० हजार ३४१ कित्ता सेयर किनबेच भए । जसअनुसार आज १३ अर्ब सात करोड ५० लाख चार हजार ९२० रुपैयाँबराबरको कारोबार भएको छ ।

राताम्मे बनेको सेयरबजारमा आज २३३ कम्पनीका सेयर मूल्य घटे । आइतबार जम्मा १६ वटा कम्पनीको मात्र सेयर मूल्य बढ्यो । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सबै समूह राताम्मे बने ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा ट्रेड टावर लिमिटेड परेको छ । यसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ११४८ रुपैयाँ कायम रह्यो ।

यसैगरी बढी गुमाउने कम्पनीको पहिलो सूचीमा सान्भी इनर्जी लिमिटेड परेको छ । यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता ८०२.४० रुपैयाँ कायम रह्यो ।

नेप्सेमा आज नेपाल रिइन्स्योरेन्स लिमिटेडको कारोबार सर्वाधिक भएको छ । नेपाल रिइन्स्योरेन्सको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १५१५ रुपैयाँ रह्यो । यसको ७५ करोड ३९ लाख ६४ हजार ८६५ रुपैयाँको सेयर कारोबार भएको छ ।