बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति #जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति
खेलकुद

क्रिकेटरलाई सम्मान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २१ साउन, २०८२ मा प्रकाशित
क्रिकेटरलाई सम्मान
काठमाडौं, साउन २१ :

काठमाडौं जिल्ला क्रिकेट संघले नेपाल यू-१६ राष्ट्रिय पुरुष टोलीका सदस्य प्रसिद्ध जैशीसहित पाँच क्रिकेटकर्मी सम्मानित गरेको छ ।

काठमाडौं जिल्ला क्रिकेट संघले बुधबार आफ्नो छैटौं वार्षिक साधारणसभाका दौरान उनीहरूलाई सम्मान गरेको हो ।

काठमाडौं जिल्ला तथा बागमती प्रदेशको प्रतिनिधित्व गर्ने प्रसिद्धले एसीसी यू-१६ इस्टर्न जोन कपमा नेपाललाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । उनले प्रतियोगिताका ६ खेलमा समान एक शतक र अर्धशतकसहित २४६ रन प्रहार गरेका थिए ।

सोही अवसरमा महिला टिमकी खेलाडी कृष्मा गुरुङ, आईसीसी अम्पायर विजयकुमार झा, दुर्गानाथ सुवेदी र मुख्य प्रशिक्षक सामसनजंग थापालाई पनि सम्मान गरिएको थियो । प्रसिद्ध र कृष्माले दुवैले समान जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।

उनीहरूलाई बागमती प्रदेशका सभाका सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर घले नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, केन्द्रीय सदस्य दुर्गानाथ पाठक, नेपाल लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्र शेरचन, क्यानका पूर्वसचिव अशोकनाथ प्याकुरेललगायतले सम्मान गरेका थिए ।

अध्यक्ष घलेले संघले वर्षभरि ६ कार्यक्रम गराउन सफल भएको बताए । संघले प्रधानमन्त्री कप पुरुष छनोट, प्रधानमन्त्री कप महिला छनोट, यू-१९ पुरुष छनोट, दोस्रो जयकुमारनाथ शाह स्मृति अन्तरविद्यालय प्रतियोगिता (एसीसी यू-१६ इस्ट जोन कप छनोट), आईसीसी यू-१९ महिला विश्वकप र एसिया कप छनोट तथा ‘ओ’ लेभल अम्पायर तथा प्रशिक्षक कोर्स आयोजना गरेको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार