शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति प्रदेश बागमती प्रदेश

देउवाको निर्देशनपछि लामा समूह दबाबमा, मन्त्री नियुक्ति प्रक्रिया पछि मिलाइने आश्वासन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ साउन, २०८२ मा प्रकाशित
देउवाको निर्देशनपछि लामा समूह दबाबमा, मन्त्री नियुक्ति प्रक्रिया पछि मिलाइने आश्वासन
हेटौंडा, साउन २७ :

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभा बैठकमार्फत विश्वासको मत लिँदै छन्। दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा उनले नेपालको संविधानको धारा १६८(४) र प्रदेशसभा नियमावली, २०७४ को नियम १४३(१) अनुसार विश्वासको मत लिन लागेका हुन्।

बानियाँलाई विश्वासको मतका लागि ५६ सांसदको समर्थन आवश्यक पर्छ। गठबन्धन दल नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदसहित उनीसँग ६४ को समर्थन देखिए पनि कांग्रेसकै पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा समूहका १४ सांसदको अडानले असमझदारी पैदा भएको छ।

लामा समूहले आफ्ना पक्षीय तीन सांसदलाई मन्त्री पदमा पुनः नियुक्त नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ। उनीहरूले पहिले मन्त्री नियुक्तिपछि मात्रै विश्वासको मत दिने चेतावनीसमेत दिएका थिए।

यहीबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामा समूहका सांसदहरूलाई विवाद नगरी बानियाँलाई विश्वासको मत दिन स्पष्ट निर्देशन दिएका छन्। लामा निकट सांसद गोविन्द लम्सालका अनुसार देउवाले मन्त्री नियुक्ति प्रक्रिया पछि मिलाइने भन्दै तत्काल मत दिन आग्रह गरेका हुन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार