शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति प्रदेश बागमती प्रदेश

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २७ साउन, २०८२ मा प्रकाशित
बागमतीका मुख्यमन्त्री  बानियाँले पाए विश्वासको मत
हेटौंडा, साउन २७ :

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।  उनको पक्षमा ६३ सांसदले मतदान गरे भने  विपक्षमा २२ मत पर्यो । ७ सांसद भने तटस्थ बसे । विश्वासको मतका लागि ५६ सांसदको आवश्यकता रहेको थियो । प्रदेशसभाका कांग्रेसको ३७ र एमालेको २७ सांसद रहेका छन् ।

कुल ११० सदस्यीय प्रदेशसभामा कांग्रेसका एकजना सांसद विदेशमा रहेका कारण  बैठकमा ९२ सांसदको उपस्थिति रहेको थियो ।मुख्यमन्त्री बानियाँले एक सातापछि आज विश्वासको मत लिएका हुन् ।

बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप जारी गरेका थिए । मुख्यमन्त्री बानियाँको विपक्षमा माओवादी केन्द्र, राप्रपा, नेकपा (एस), नेमकिपा र हाम्रो नेपाली पार्टीले मतदान गरेका थिए । नेपाली कांग्रेसको संसदीय दलको नेता बन्दै बानियाँ साउन २० मा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

कांग्रेसभित्रको आन्तरिक किचलोकाबीच बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका हुन् । अब उनले सहमति अनुसार बहादुरसिंह लामा समूहका तीनजना सांसदलाई तीन बनाउनुपर्नेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार