
सेयरबजार ५३.०१ अंकले बढेको छ । योसँगै नेप्से परिसूचक २८१९.१० विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ८.५२ अंकले बढ्दै ४८३.४२ विन्दुमा रोकिएको छ ।
नेप्सेमा आज ३२१ वटा कम्पनीको ७२ हजार ५२८ पटकको कारोबारमा एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर किनबेच भए । जसअनुसार आज सात अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँबराबरको कारोबार भएको छ ।
नेप्सेमा आज २३२ कम्पनीका सेयर मूल्य बढे । जसमा १९ वटा कम्पनीको मात्र सेयरमूल्य घटे । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सबै समूह हरियाली देखिए । योसँगै लगानीकर्तामा पनि उत्साह देखिएको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा विकास हाइड्रोपावर कम्पनी लिमिटेड सबैभन्दा अगाडि छ । १० प्रतिशतले बढ्दै यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता ५१७.२० रुपैयाँ कायम रह्यो ।
यसैगरी बढी गुमाउने कम्पनीको सूचीमा केबीएल डिबेन्चर-२०८६ सबैभन्दा अगाडि छ ।
नेप्सेमा आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार सर्वाधिक भएको छ । हिमालयनको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १०५५ रुपैयाँ कायम रह्यो । यसको ६५ करोड ४२ लाख ७४ हजार २२५ रुपैयाँको सेयर कारोबार भएको छ ।