सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
अर्थतन्त्र सेयर बजार

५३ अंकले बढेको नेप्से २८१९ विन्दुमा रोकियो, साढे ७ अर्बको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ११ भदौ, २०८२ मा प्रकाशित
५३ अंकले बढेको नेप्से २८१९ विन्दुमा रोकियो, साढे ७ अर्बको कारोबार
काठमाडौं, भदौ ११ :

सेयरबजार ५३.०१ अंकले बढेको छ । योसँगै नेप्से परिसूचक २८१९.१० विन्दुमा रोकिएको छ । यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ८.५२ अंकले बढ्दै ४८३.४२ विन्दुमा रोकिएको छ ।

नेप्सेमा आज ३२१ वटा कम्पनीको ७२ हजार ५२८ पटकको कारोबारमा एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर किनबेच भए । जसअनुसार आज सात अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँबराबरको कारोबार भएको छ ।

नेप्सेमा आज २३२ कम्पनीका सेयर मूल्य बढे । जसमा १९ वटा कम्पनीको मात्र सेयरमूल्य घटे । नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा सबै समूह हरियाली देखिए । योसँगै लगानीकर्तामा पनि उत्साह देखिएको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा विकास हाइड्रोपावर कम्पनी लिमिटेड सबैभन्दा अगाडि छ । १० प्रतिशतले बढ्दै यसको अन्तिम सेयरमूल्य प्रतिकित्ता ५१७.२० रुपैयाँ कायम रह्यो ।

यसैगरी बढी गुमाउने कम्पनीको सूचीमा केबीएल डिबेन्चर-२०८६ सबैभन्दा अगाडि छ ।

नेप्सेमा आज हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार सर्वाधिक भएको छ । हिमालयनको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १०५५ रुपैयाँ कायम रह्यो । यसको ६५ करोड ४२ लाख ७४ हजार २२५ रुपैयाँको सेयर कारोबार भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार