बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
अर्थतन्त्र

डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो, पेट्रोल तथा एलपीजीको मूल्य यथावत्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १५ भदौ, २०८२ मा प्रकाशित
डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो, पेट्रोल तथा एलपीजीको मूल्य यथावत्
काठमाडौं, भदौ १५ :

नेपाल आयल निगमले डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । पेट्रोल तथा खाना बनाउने ग्यास (एलपीजी) को मूल्य यथावत् राखेको छ ।

इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल/मट्टितेल लिटरमा ४ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ घटाउने निगम सञ्चालक समितिले निर्णय गरेको छ ।

निगमद्वारा आइतबार जारी विज्ञप्तिअनुसार हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी ७ डलर घटेको छ । साथै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेकइभन पोइन्ट (बराबर मूल्य) बिक्री मूल्य कायम गरिएको छ ।

पेट्रोल र खाना पकाउने ग्यासको बिक्री मूल्य भने यथावत् राखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागु हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार