भारत, साउन १६ : भारतको दक्षिणी राज्य केरलामा भारी वर्षाका कारण भएको भीषण पहिरोमा परी कम्तीमा १२३ जनाको मृत्यु भएको छ । दर्जनौं अझै फसेको आशंका गरिएको छ ।

पहिरोले वायनाड जिल्लाको पहाडी इलाकामा मंगलबार बिहानको समयमा धेरै बासिन्दाहरू सुतिरहेका बेला पहिरो गएको थियो ।

उद्धार कार्य जारी छ, तर भारी वर्षा र एक महत्वपूर्ण पुल भत्किएर अवरोध भइरहेको छ।

आपतकालीन सेवाहरू अझै पुग्न नसकेका क्षेत्रमा करिब १ सय जना फसेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् । पहिरोले केरलामा २०१८ पछिको सबैभन्दा खराब प्रकोप हो ।

अधिकारीहरूले खोजी र उद्धार कार्यमा सुरक्षा बलहरूलाई सहयोग गर्न २ सय भन्दा बढी सेनाका जवानहरू तैनाथ गरिएको बताएका छन् ।

स्थानीय अस्पतालहरूले कम्तीमा १ सय २३ घाइतेको उपचार भईरहेको जनाएका छन् ।३ हजार भन्दा बढीलाई उद्धार गरी राहत शिविरमा सारिएको समाचार छ ।