शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
राजनीति

यस्तो छ,सेनाले सिंहदरबार जल्नबाट रोक्न नसक्नुको कारण

देउवा दम्पतीमाथि आक्रमणपछि मात्र ओली राजीनामा गर्न सहमत भएका हुन्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ११ असोज, २०८२ मा प्रकाशित
यस्तो छ,सेनाले सिंहदरबार जल्नबाट रोक्न नसक्नुको कारण
काठमाडौं, असोज ११ :

 जेनजी आन्दोलनपछिको हिंसात्मक घटनामा सिंहदरबारलगायतका महत्त्वपूर्ण संरचना जल्नबाट रोक्न नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानसेनापति अशोकराज सिग्देलले सेनाको भूमिकाबारे स्पष्ट पार गरेका छन्।

पृतनापतिहरूसँगको बैठकमा उनले रक्तपात रोक्न र नेपाललाई विदेशी शक्तिको खेलमैदान बन्न नदिन सेनालाई तत्काल बाहिर ननिकालिएको बताएका हुन्। भदौ २४ गतेको हिंसा अघि २३ गते १९ जना प्रदर्शनकारी मारिएपछि परिस्थिति झनै बिग्रन नदिन यस्तो निर्णय गरिएको हो।

प्रधानसेनापतिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चारपटक राजीनामा दिन आग्रह गरे पनि उनले नमानेको स्रोतको दाबी छ। सेनाले भदौ २४ गते सुरक्षाको कमान आफ्नो हातमा लिएर कर्फ्यु जारी गरेपछि स्थिति नियन्त्रणमा आएको थियो।

स्रोतका अनुसार, राजीनामाको लागि अन्तिम समयसम्म सेनाप्रमुखले ओलीसँग कडा ढंगले आग्रह गरेका थिए। देउवा दम्पतीमाथि भएको आक्रमणपछि मात्र ओली राजीनामा गर्न सहमत भएका थिए।

प्रधानसेनापति सिग्देलले संविधान जोगाएर न्यून क्षतिमा समाधान खोज्न काठमाडौँ महानगर प्रमुख बालेन शाह, प्रधानन्यायाधीश सुशीला कार्की लगायतसँग पनि छलफल गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार