शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
राजनीति

देउवाले बोलाए पदाधिकारी बैठक, कार्यवाहक सभापति तोकिएला?

निर्वाचनमा जाने कि संसद् पुनर्स्थापनको मुद्दा लिएर अदालत जानेमा दुबिधा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २२ असोज, २०८२ मा प्रकाशित
देउवाले बोलाए पदाधिकारी बैठक, कार्यवाहक सभापति तोकिएला?
काठमाडौं, असोज २२ :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।

असोज २६ गते बस्ने पार्टी केन्द्रीय समितिको बैठकका एजेन्डा टुंगो लगाउन देउवाले भोलि(बिहीबार) दिउँसो बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन्।

 कांग्रेसमा नेतृत्व परिवर्तनको कुरा पनि उठिरहेको बखत डाकिएको बैठकमा त्यस विषयमा पनि छलफल हुन सक्ने जनाइएको छ । आगामी फागुन २१ गते तोकिएको निर्वाचनमा जाने कि संसद् पुनर्स्थापनको मुद्दा लिएर अदालत जाने भन्ने बारेमा पनि बैठकमा छलफल हुने बुझिएको छ ।

कांग्रेसमा अहिले देउवाले कार्यवाहक सभापति तोकेर आफू बिदा हुनुपर्ने वा आगामी मंसिरमा पार्टी नियमित महाधिवेशन गर्नुपर्ने आवाज उठिरहेको छ।

विशेषगरी महामन्त्रीद्वय गगनकुमार थापा र  विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आवाज उठाइरहेका छन्। उनीहरुले विशेष महाधिवेशनका लागि देशभरका महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन पनि गरिरहेका छन्। गत भदौ २४ गतेको जेनजी आन्दोलनकारीको आक्रमणपछि घाइते रहेका देउवाले अहिले पनि स्वास्थ्यकर्मीको निगरानीमै छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार