
हुम्लाको चंखेलीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।
चंखेली गाउँपालिका-४ बेशी खोला स्थितभित्री सडक खण्डमा मेल्छामबाट पिप्लाङ तर्फ जाँदै गरेको कर्णली प्रदेश ०२००१ च १०९१ नं. को डबल क्याप जिप अनियन्त्रित भई सडकदेखि ३०० मिटर तल खस्दा १२ जना घाइते भएका हुन् ।
११ बजे चंखेली गाउँपालिका-६ मेल्छामबाट सुर्खेत जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। मेल्छाम प्रहरी चौकीबाट ५ जनाको टोली घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले बताए।
दुर्घटनामा परी घाइते हुनेहरूमा चंखेली गाउँपालिका-६ का १४ की बिमला बुढा, २८ वर्षिय मनवीर बुढा,वर्ष २६ का पार्वती सिरन, २४ हंश लामा, २८ का कैलाश सिरा, १९ का बहदुर लामा, सिमकोट गाउँपालिका-८ का महेन्द्र रोकाया रहेका छन् । घाइतेहरूको उद्धारका गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको डीएसपी पोखरेलले बताए। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।