बुधबार, ९ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा #नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा#अनुपजङग थापा#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो#मीना दिदी शैक्षिक पुरस्कार#शिक्षिका अनुजा अधिकारी आचार्य#सुमन विश्वकर्मा
समाचार राजनीति

सभामुखले बोलाएको बैठकमा रास्वपा सहितका चार दल सहभागी भएनन्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २९ असोज, २०८२ मा प्रकाशित
सभामुखले बोलाएको बैठकमा रास्वपा सहितका चार दल सहभागी भएनन्
काठमाडौं, असोज २९ :

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनः स्थापनाबारे छलफल गर्न बोलाएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सहितका चार दल सहभागी भएनन् ।

वैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सहित जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी नभएका हुन् ।बैठकमा विघठित प्रतिनिधिसभाका सबै दलका प्रमुख सचेतकहरूलाई बोलाईएको थियो ।

कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायत दलका पूर्व प्रमुख सचेतकहरु बैठकमा उपस्थित छन् । पार्टीको सचिवालय बैठक बसिरहेकाले जान नपाएको रास्वपाले बताएको छ ।

आजको बैठकमा १० दललाई बोलाइएकामा ६ दलका प्रतिनिधि मात्रै उपस्थित भए ।

बैठकमा सभामुख घिमिरेसँगै राखिएको एउटा कुर्सी खाली देखिएको छ । सभामुखको सचिवालयका अनुसार उक्त कुर्सी राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालका लागि राखिएको थियो । दाहाललाई आजको वैठकमा बोलाइएको भए पनि आफू अर्को बैठकमा रहेकाले आउन नपाएको उनले जानकारी गराए  ।

सभामुखको छेउमा सँधै एउटा कुर्सी रहने गरेको र विशिष्ट व्यक्तित्वहरु आउँदा बस्ने गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले बताए । त्यो कुर्सी सँधै हुन्छ । विदेशी कुटनीतिज्ञ, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरु आउँदा त्यहाँ राख्ने गरिएको छ ।

प्रतिनिधिसभा पुरस्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि त्यसबारे कसरी अगाडि बढ्ने भन्ने धारणा बनाउन घिमिरेले राजनीतिक दलहरूको राय माग्न बैठक बोलाएका हुन् ।

सभामुखले भोली पुर्वमहान्यायधिवक्त्ता, सर्वोच्च बार र नेपाल बार एसोसिएसनका पदाधिकारीहरुसंग छलफल गर्दैछन् ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार