आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति प्रदेश मधेस प्रदेश

५८ सांसदको हस्ताक्षरसहित मधेसको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादवको दाबी पेस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २९ असोज, २०८२ मा प्रकाशित
५८ सांसदको हस्ताक्षरसहित मधेसको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णप्रसाद यादवको दाबी पेस
जनकपुर, असोज २९ :

मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले ५८ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन्।

उनको दाबीमा कांग्रेसका २२, एमालेका २८ र जनमत पार्टीका ८ सांसदको समर्थन रहेको बताइएको छ। यादवसँगै एमाले नेता सरोजकुमार यादवलगायत नेताहरू प्रदेश प्रमुख कार्यालय पुगेका थिए।

तर, यसअघि लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन ६ दलको समर्थनसहित ५७ सांसदको हस्ताक्षरसहित दाबी पेस भइसकेको छ।

जनमत पार्टीले दुई पक्षसँग हस्ताक्षर दिएको अवस्थामा प्रदेश सरकार निर्माणमा अन्योल बढेको छ। जनमत संसदीय दलका नेता महेश यादवले एमाले–कांग्रेस गठबन्धनमा आफूहरू नरहेको स्पष्ट पारेका छन्।

‘हाम्रो हस्ताक्षर गलत ढंगले प्रयोग गरिएको हो,’ उनले भने, ‘जनताको भावना अनुसार मधेशवादी दलको नेतृत्वमा सरकार बन्नुपर्छ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार