शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#एमाले बैठक#लगानी बोर्डको ६८औँ बैठक#मन्त्रिपरिषद्को निर्णय#चिनियाँ नागरिक#२१ किलो ७५० ग्राम सुन #गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#एमाले बैठक#लगानी बोर्डको ६८औँ बैठक#मन्त्रिपरिषद्को निर्णय#चिनियाँ नागरिक#२१ किलो ७५० ग्राम सुन
राजनीति

एमाले केन्द्रीय कमिटी बैठकमा ५० जना केन्द्रीय सदस्यद्वारा सुझाव प्रस्तुत

सदस्यलाई बोल्न तीन मिनेटको समय
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २९ असोज, २०८२ मा प्रकाशित
एमाले केन्द्रीय कमिटी बैठकमा ५० जना केन्द्रीय सदस्यद्वारा सुझाव प्रस्तुत
काठमाडौं, असोज २९ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको पहिलो दिनको बैठक सम्पन्न भएको छ ।

ललितपुर, जावलाखेलको भनिमण्डलस्थित रामबाघ महलमा आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा पहिलो दिन ५० जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठकमा प्रस्तुत भएको राजनीतिक परिस्थिति र हाम्रो नीतिसम्बन्धी प्रतिवेदनमाथि केन्द्रीय सदस्यले सुझाव राखेको बताए ।

उनका अनुसार केन्द्रीय सदस्यहरुले अन्तरिम सरकार, प्रतिनिधिसभा विघटनका सम्बन्धमा महत्वपूर्ण सुझाव दिएका छन् । राजनीतिक प्रतिवेदनमाथिको सुझाव दिनका लागि केन्द्रीय सदस्यलाई तीन मिनेटको समय तोकिएको छ । प्रचार विभाग प्रमुख गौतमले तीन मिनेटभित्र राख्न नसकेको कुरा लिखित रुपमा प्रस्तुत गर्न अनुरोध गरिएको बताए । उनले भोलि बिहान ८ बजेदेखि बैठक पुनःसुरु हुने बताए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत भएको राजनीतिक प्रतिवेदनमा महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन पोखरामा आयोजना गर्ने प्रस्ताव गरिएको छ । बैठक यही असोज ३१ गतेसम्म सञ्चालन हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार