बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित#सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल #राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित#सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल
समाचार सुदूरपश्चिम प्रदेश

राष्ट्रिय सम्मानका साथ महाकाली नदी किनारमा विपिन जोशीको अन्त्येष्टि गरियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ४ कात्तिक, २०८२ मा प्रकाशित
राष्ट्रिय सम्मानका साथ महाकाली नदी किनारमा विपिन जोशीको अन्त्येष्टि गरियो
कन्चनपुर, कात्तिक ४ :

हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको आज महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।  

भीमदत्त नगरपालिकास्थित उनको निवासबाट बिहान ८ बजे शवयात्रा निकालेर महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिअघि विपीनलाई शसत्र प्रहरीले शलामी अर्पण गरेका थिए ।

विपिनको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली,आफन्तजन र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

भीमदत्त नगरपालिकाबाट सुरु भएको शवयात्रा महाकाली नदीको भुजेला घाटमा पुगेर अन्त्येष्टिमा परिणत भएको थियो ।

इजरायलले सोमबार स-सम्मानका साथ विपीनको शव नेपाललाई हस्तानतरण गरेको थियो । नेपाल पठाउनु अघि इजरायल सरकारले  इजरायलको विमानस्थलमा विपिन पार्थिव शरीरको विदाईका लागि समारोह आयोजना गरेको थियो ।  इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार