बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित#सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल #राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित#सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल
समाचार राजनीति

अग्रगामी ‘सर्भिसिङ’ बिना अहिलेको जटिलता समाधान गर्न सकिदैन,राष्ट्रिय एकता जरुरी: अध्यक्ष प्रचण्ड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ५ कात्तिक, २०८२ मा प्रकाशित
अग्रगामी ‘सर्भिसिङ’ बिना अहिलेको जटिलता समाधान गर्न सकिदैन,राष्ट्रिय एकता जरुरी: अध्यक्ष प्रचण्ड
काठमाडौं, कात्तिक ५ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले लोकतन्त्रको अग्रगामी ‘सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता समाधान गर्न नसकिने बताएका छन् ।

नेपाल संवत्को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रलाई पुनः एकता बद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा हामी पुगेको बताउदै लोकतन्त्रलाई सुदृढ पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणाली जस्ता उपलब्धिमाथि टेकेर मात्रै अगाडि बढ्न सकिने कुरा उल्लेख गर्नुभएको छ । यसका लागि परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकता अहिलेको टड्कारो आवश्यकता भएको बताएका छन्।

संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्म समीक्षा र सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढ्ने साझा संकल्प नै नेपाल संवत् ११४६ को साँचो शुभकामना हुनेछ भनी उनले सन्देशमा उल्लेख गरेका छन् ।

आफू वि.सं. २०६५ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा नै नेपाल संवत्लाई राष्ट्रिय संवत्को रूपमा घोषणा गरेको पनि स्मरण गर्दै त्यस निर्णयलाई थप संस्थागत गर्दै वि.सं. २०८० मा नेपाल सरकारका सबै दस्तावेजमा नेपाल संवत् लेख्ने निर्णय गरिएको सन्देशमा उल्लेख गरिएको छ ।

अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दिनुभएको शुभकामना

नेपाल संवत् ११४६ को शुभ अवसरमा

सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपाल संवत् हाम्रो ऐतिहासिक गौरव, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको प्रतीक हो। यो संवत् नेपालीको आफ्नै मौलिक संवत् हो- सबै जातजाति र समुदायको साझा गर्व। सिङ्गो नेपाल र नेपाली मात्रको संवत् भएकाले हामी सबैले यसप्रति गर्व गर्नुपर्छ।

यही तथ्यलाई आत्मसात् गर्दै मैले पहिलो पटक सरकारको नेतृत्व गर्दा वि.सं. २०६५ सालमा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा घोषणा गरिएको थियो। त्यस निर्णयलाई थप संस्थागत गर्दै वि.सं. २०८० मा नेपाल सरकारका सबै दस्तावेजमा नेपाल संवत् लेख्ने निर्णय गरिएको स्मरण गर्न चाहन्छु।

आज हामी राष्ट्रलाई पुनः एकताबद्ध बनाउँदै अग्रगामी बाटोतर्फ अघि बढाउने मोडमा छौँ। लोकतन्त्रलाई सुदृढ पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिमाथि टेकेर मात्रै हामी अगाडि बढ्न सक्छौँ। लोकतन्त्रको अग्रगामी 'सर्भिसिङ' बिना अहिले देखा परेका जटिलता हल गर्न सकिँदैन।

यसका लागि परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकता अहिलेको टड्कारो आवश्यकता हो। संविधानको पूर्ण कार्यान्वयन, गम्भीर आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढ्ने साझा संकल्प नै नेपाल संवत् ११४६ को साँचो शुभकामना हुनेछ।

पुनः हार्दिक शुभकामना!

................................

पुष्पकमल दाहाल 'प्रचण्ड'

(संयोजक)

नेकपा माओवादी केन्द्र

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार