बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित#सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल #राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित#सोह्र श्राद्धको महत्त्व#संसदीय विशेष समिति#सभापति गणेश पराजुली#डा. चन्द्रबहादुर अधिकारी#दोषी ठहर#नेपाल बैंक लिमिटेड#नवनियुक्त राजदूतहरू#ओहोदाको प्रमाणपत्र#कबड्डी टोली#स्वदेश फिर्ता#सामाजिक सञ्जाल
समाचार राजनीति मधेस प्रदेश

मधेश प्रदेश सरकार विस्तारबारे सत्तापक्षीय पाँच दलको बैठक बस्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ७ कात्तिक, २०८२ मा प्रकाशित
मधेश प्रदेश सरकार विस्तारबारे सत्तापक्षीय पाँच दलको बैठक बस्दै
धनुषा, कात्तिक ७ :

मधेश प्रदेश सरकार विस्तारबारे छलफलका लागि आज सत्तापक्ष दलहरूको बैठक बस्दैछ । 

सत्तापक्षका  नेकपा माओवादी केन्द्र,जसपा नेपाल,जनमत, लोसपा र नेकपा एकीकृत समाजवादीको संयुक्त बैठक बस्न लागेको बतताईएको छ । बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा जनमतबाट फुटेको नयाँ दल जनस्वराज र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा समेट्ने प्रयासबारे पनि छलफल हुने बताईएको छ ।

खासगरी बैठकमा सरकार बिस्तार,मन्त्रालय बाँडफाँड,सरकारले विश्वासको मत लिने लगायत विषयमा छलफल हुने बताइएको छ । ।

मधेश प्रदेशको मुख्यमन्त्रीमा गत असोज २९ गते पाँच दलको समर्थनमा लोसपा नेता जितेन्द्र सोनल नियुक्त भएका हुन् । उनले  असोज ३० गते पद तथा गोपनीयताको शपथ लिएका थिए । 
उनले जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट कनिष पटेललाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् । बिना विभागीय मन्त्रीलाई समेत जिम्मेवारी तोकिएको छैन ।

सत्तापक्षीय दलहरूभित्र मन्त्रालय बाँडफाँडको बिषय नटुंगिएकोले मुख्यमन्त्री नियुक्त भएको एक सातासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार