बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति मधेस प्रदेश

मधेश प्रदेशका नवनियुक्त्त मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ८ कात्तिक, २०८२ मा प्रकाशित
मधेश प्रदेशका नवनियुक्त्त मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने
काठमाडौं, कात्तिक ८ :

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले छठ पर्वपछि प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

हिजो रौतहटको चन्द्रनिगाहपुरमा बसेको पाँच दलीय गठबन्धनको बैठकले छठपछि विश्वासको मत लिने सहमति गरेको हो ।  विश्वासको मत लिए लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति पनि भएको छ ।

गत असोज २९ गते मुख्य मन्त्री नियुक्त भएका सोनलले दुई दिनपछि नेकपा एकीकृत समाजवादीका कनिष पटेल र जनमत पार्टीका महेश प्रसाद साहलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए।

मधेश प्रदेश सरकारको हालको गठबन्धनमा जसपा नेपालका १८,जनमत पार्टीका १३,लोसपा नेपालका ८, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसदको समर्थन रहेको छ । १०५ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५३ मत आवश्यक पर्छ।

पूर्वमुख्यमन्त्री सतीश सिंह र पूर्वमन्त्री त्रिभुवन साहले जनमत पार्टी फुटाएर स्वराज पार्टीमा सनाखत गरे पनि सर्वोच्च अदालतले जनमत पार्टीको विभाजनमा रोक लगाएकाले उनीहरूलाई जनमतकै ह्विप लाग्ने भएको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार