बिहीबार, १५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित #राष्ट्रिय प्रसारण लाइन#निजी क्षेत्रलाई विद्युत्#सुनका गरगहना#सामाजिक सञ्जाल#कर्मचारी#राष्ट्रिय सभा#विशेष समय#निर्वाचन आयोग#वार्षिक प्रतिवेदन#पहिरो#बेनी बजार#राष्ट्रियसभा#विशेष समिति गठन#प्रधानमन्त्री राहत कोष#वडास्तरीय फुटसल#कागेश्वरी मनोहरा#सिद्धि गणेश माध्यमिक विद्यालय#बाढीपीडित
समाचार कोसी प्रदेश

मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १५ कात्तिक, २०८२ मा प्रकाशित
मेची राजमार्ग अवरुद्ध, चार जिल्लाका यात्री प्रभावित
इलाम, कात्तिक १५ :

बिहीबारदेखिको अविरल वर्षाले अवरुद्ध मेची राजमार्ग आज पनि बन्द छ ।

राजमार्गको इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली खण्डमा पहिरो खसेपछि अवरुद्ध सडक खोल्न भरमग्दुर प्रयास भइरहेको सम्बन्धित निकायका अधिकारीले बताएका छन् ।

सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईका अनुसार पहिरो पन्छाए पनि सडक भासिने क्रम रोकिएको छैन । “सडक खुलाउन हामी अहोरात्र खटेका छौं तर सडक भासिने क्रम रोकिएको छैन”, उनले भने ।

मेची राजमार्ग अवरुद्ध हुँदा इलामसहित, पाँचथर, ताप्लेजुङ र झापाका यात्री प्रभावित भएका छन् । इलामसहित पाँचथर र ताप्लेजुङबाट झापा जाने सवारी साधन गोलाखर्क भञ्ज्याङमा र झापाबाट इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारी साधन माईखोलामा रोकिएका छन् ।

वैकल्पिक सडकका रुपमा प्रयोग हुँदै आएको मेची कोरिडोर (केचना–कञ्चनजङ्गा सडक) अन्तर्गत बेलासेस्थित माईखोलाको पुल असोज १८ को बाढीले भाँचिएको र तिल्केनी–सिमलगोलाई सडक अन्तर्गत जोगमाई खोलाको डाइभर्सनमा बिहीबारको बाढीले क्षति भएपछि इलामबाट झापा जाने यात्री पनि मर्कामा परेका छन् । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार