काठमाडौं, कात्तिक १८ :
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
बैठकले नेकपा एकीकृत समाजवादी सहित ९ वटा दल बीच भएको एकता सहमतिलाई अनुमोदन गरिने बताइएको छ ।
समितिको पछिल्लो सचिवालय बैठकले निर्णय गरेका एजेन्डालाई समेत अनुमोदन गरिनेछ । बैठकमा नेताहरू बोल्ने समय छुट्टाइएको छैन ।
पार्टी एकता घोषणाको कार्यक्रम भने कात्तिक १९ गते दिउँसो १ बजे भृकुटी मण्डपमा गर्ने तयारी गरिएको छ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिसँगै माओवादी, एकीकृत समाजवादी सहित ९ दल बीच आइतबार एकता सहमति पत्रमा हस्ताक्षर भएको हो ।
तर नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको माग राखी अन्तरसंघर्ष गरिरहेका माओवादीमा जनार्दन शर्मा र समाजवादीभित्र घनश्याम भुसाल पक्षधर भने अहिले अल्पमतमा रहेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
त्रिपुरेश्वर बस आगजनी घटना : चालक अर्जुन दोङका परिवार न्याय माग्दै सिंहदरबारमा
भोटेकोशी बाढी प्रभावित बालबालिका लागि दीर्घकालीन स्याहार योजना सञ्चानल
विगतका ठुला भ्रष्टाचारका काण्डको सरकारले सूक्ष्म अनुसन्धान गरिरहेको छ : प्रकाशचन्द्र परियार
महाकाली नदीमाथिको झोलुङ्गे पुलमा भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण
थप समाचार
त्रिपुरेश्वर बस आगजनी घटना : चालक अर्जुन दोङका परिवार न्याय माग्दै सिंहदरबारमा
भोटेकोशी बाढी प्रभावित बालबालिका लागि दीर्घकालीन स्याहार योजना सञ्चानल
भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान